लागूऔषधसहित तीनजना पक्राउ
काठमाडौं, कात्तिक १५ : कास्कीबाट दुई र सिरहाबाट एक गरी तीनजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।कास्कीको पोखरा महानगरपालिका–३० सैनिक बस्ती बस्ने ३१ वर्षीय बिक्की...
काठमाडौं, कात्तिक १५ : कास्कीबाट दुई र सिरहाबाट एक गरी तीनजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–३० सैनिक बस्ती बस्ने ३१ वर्षीय बिक्की गुरुङसमेत दुईजनालाई नियन्त्रित लागूऔषध २० एम्पुल डाईजापाम, २० ऐम्पुल फेनारगन र २० ऐम्पुल नुर्फिन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनले घरमा अवैध लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
सिरहाको लहान नगरपालिका–९ बस्ने ६५ वर्षीय देब नारायण चौधरीलाई करिब ९ सय अवैध लागूऔषध गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पसल जाँच गर्ने क्रममा पसलभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
