Kathmandu Press

महाधिवेशनमा पाँच लाख सहभागी हुने एमालेको दाबी

महाधिवेशनमा पाँच लाख सहभागी हुने एमालेको दाबी

चितवन, कात्तिक १५ : नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेतारकार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने दाबी गरेका छन्।

सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेतारकार्यकर्ता आउने बताए।

पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, बागमतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए।

Hardik ivf

उनले भने, ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।’

उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो।

उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए।

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए।

उनले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताए।

महाधिवेशमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन्।

नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरे। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो।

महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म हुँदैछ। रासस

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्