Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, कात्तिक १५ : सवारी दुर्घटनामा रुपन्देही र तनहुँमा एकएकजनाको मृत्यु भएको छ।रुपन्देहीको कञ्चन गाउँपालिका–१ कुचेरास्थित सडकमा लु३त २७४७ नम्बारको ट्याक्टर अनियन्त्रित भई आइतबार...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, कात्तिक १५ : सवारी दुर्घटनामा रुपन्देही र तनहुँमा एकएकजनाको मृत्यु भएको छ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ कुचेरास्थित सडकमा लु३त २७४७ नम्बारको ट्याक्टर अनियन्त्रित भई आइतबार राति  दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७  वर्षीय तिलकराम थारुको मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। 

तनहुँको ब्यास नगरपालिका–१ गल्फुबेसीस्थित सडकमा को।१ ध ४० नम्बरको नेपाल विद्युत प्राधिकरण दमौलीको गाडी र ग२१प ४९३६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते  भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्तीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि पोखरातर्फ पठाइको छ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्