Kathmandu Press

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

काठमाडौं, कात्तिक १५ : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास एक्स टेक नेल–२२ को सुरु भएको छ। छाउनीस्थित रेञ्जर गणमा आज आयोजित...
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

काठमाडौं, कात्तिक १५ : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास एक्स टेक नेल–२२ को सुरु भएको छ। छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक समारोहबीच सो तालिम अभ्यास सुरु गरिएको हो।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा  शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदतावासको टिम तथा अफिस अफ डिफेन्स कोअपरेसन (ओडिसी) प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति थियो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करिब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित सो तालिम २०७८ मंसिर १४ गतेसम्म सञ्चालन हुने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

काठमाडाैं, पोखरा र अन्नपूर्ण बेस क्याम्प इलाकामा सञ्चालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयहरुको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ। 

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ।

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्