Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ     

काठमाडौं, कात्तिक १५ :  देशका विभिन्न भूभागबाट जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ परेका छन्।    पर्वतको जलजला गाउँपालिका(३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको...
जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ     

काठमाडौं, कात्तिक १५ :  देशका विभिन्न भूभागबाट जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ परेका छन्।    

पर्वतको जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र तास सहित  पक्राउ गरेको हो। 

Hardik ivf

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भीमलाल शर्मा लगायत आठजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धिसागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त एसोसियसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिक लगायत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो। 

बर्दियाको गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

कैलालीको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय शुनिल चौधरी लगायत १८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ८० हहार ७ सय ५० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्