Kathmandu Press

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

चितवन, कात्तिक १५ : महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन्। आज यहाँ पत्रकारसँग कुराकानी...
बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

चितवन, कात्तिक १५ : महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन्।

उनले भनिन्, ‘विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ।’ खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन्।

Hardik ivf

कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन्। महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो।  

फरक प्रसङ्गमा उनले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताइन्। उनले भनिन्, ‘विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।’ न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उनका भनाइ थियो।

 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्