Kathmandu Press

भू–माफियाबाट फिर्ता गरिएको जग्गामा बनाइयो बगैंचा

भू–माफियाबाट फिर्ता गरिएको जग्गामा बनाइयो बगैंचा

काठमाडौं, कात्तिक १५ : काठमाडौं महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भू-माफियाको चंगुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरू गरिएको छ।

बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरू गरिएको हो।

बागमती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ।

Hardik ivf

बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो।

स्थानीयबासीलाई आवश्यक परेका बेला खुला स्थानका रूपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए।

वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौं–१० का सदस्य नरोज अर्यालले जानकारी दिए।

संयुक्त राष्ट्रसंघ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ।

नदी किनारमा वाटिका निर्माणपछि बागमती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ।

यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताए। रासस

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्