Kathmandu Press

तनहुँमा सडक दुर्घटना, युवकको मृत्यु

तनहुँमा सडक दुर्घटना, युवकको मृत्यु

दमौली, कात्तिक १५ : तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो। उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

Hardik ivf

एक लाख नगदसहित १५ जुवाडे पक्राउ

आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेका अवस्थामा १५ जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाईँ, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।

निजहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ। पक्राउ परेका विरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको छ  दिउँसोदेखि लगाताररूपमा ठूलो धनराशिमा कौडा खेलेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो।

 

प्रकाशित मिति: १०:२३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्