Kathmandu Press

चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्षमा श्रेष्ठ

काठमाडौं, कात्तिक १५ : चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन्। आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले...
चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्षमा श्रेष्ठ

काठमाडौं, कात्तिक १५ : चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन्। आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताए। उनले भने, ‘कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ। लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ।’

Hardik ivf

सङ्घको निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नगर क्षेत्रमा आर्थिक गतिविधि प्रवद्र्धन गर्न सङ्घ गठन भएको जानकारी दिँदै आफ्नो कार्यकालमा निजी क्षेत्रको व्यवसायलाई माथि उठाउने महत्वपूर्ण काम भएको बताए। काठमाडौंको पहिलो नगर उद्योग सङ्घका रूपमा ‘चन्द्रागिरि उद्योग वाणिज्य सङ्घ गठन’ भएको थियो।

 

प्रकाशित मिति: ०९:५३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्