Kathmandu Press

एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’

एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’

काठमाडौं, कात्तिक १५ : हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बनेकी छन्।

पुरी ‘बेष्ट ट्यालेन्ट’, भियुर च्वाइस’ उपाधि सहित शीर्ष उपाधि हात पार्न सफल भएकी हुन्। उनले ताजका साथमा नगद र गिफ्ट ह्याम्पर उपहारको रुपमा प्राप्त गरिन्।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पारु श्रेष्ठ फष्ट रनरअफ र आरती राई सेकेन्ड रनरअप भए। पारुले इनर्जेटिक र आरतीले बेष्टवाक उपाधि समेत हात पारे। दुवै उप–विजेताले नगद र गिफ्ट ह्याम्पर समेत हात पारे।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजना रहेको प्रतियोगीतमा पंच्युयालिटी रोमी महर्जन, डिसिप्लेन र बेष्टड्रेस रमीता महर्जन, सिन्सियर जानुका कार्की, फोटोजेनिक दीपिका स्याङ्ताङ, फ्रेण्डसिप अस्मिता थापामगर, बेष्टवाक आरती राईले जित्न सफल भए।

गायिका सत्यकला राई, गीतकार तथा कवियत्री निलिमा मास्के श्रेष्ठ, मिडिया पर्सन कुबेर गिरी, एनआरएन युकेको उपाध्यक्ष रोजिना प्रधान राई, ब्यवसायी बिनिता बस्नेत, मेकअप आर्टिस गीता शाह लगायत निर्णायक रहेको प्रतियोगीतामा सहभागी बिभिन्न प्रशिक्षण सहित अन्तिमस्पर्धामा उत्रिएका थिए।

राष्ट्र र समाजका लागि योगदान दिनसक्ने योग्य महिला बनाउने उदेश्यले प्रतियोगीता गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए।

लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर प्रायोजक र जोजोलप्पा गाडेन रेष्टुरेन्ट सहप्रयोजक रहेको प्रतियोगीका सबै प्रतियोगी फेसन डिजाइनर श्रीषा बैदार फैजुले डिजाइन गरेको आकर्षक पहिरनमा र्याम्पमा उत्रिएका थिए।

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्