आज देशका केही भागमा वर्षाको सम्भावना
काठमाडौं, कात्तिक १५ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।विभागका अनुसार पहाडी भूभागका एक वा...
काठमाडौं, कात्तिक १५ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज बिहान पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक वा दुई स्थानमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।
त्यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
