Kathmandu Press

मन्त्री कार्कीद्वारा सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण

इनरुवा, कात्तिक १४ : सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन्। केही दिन अगाडि वर्षासँगै आएको बाढीबाट...
मन्त्री कार्कीद्वारा सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण

इनरुवा, कात्तिक १४ : सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन्। केही दिन अगाडि वर्षासँगै आएको बाढीबाट प्रभावित भएका जिल्लाको विभिन्न क्षेत्रको मन्त्री कार्कीले निरीक्षण गरेका हुन्।

उनले सुनसरीको बराहक्षेत्र नगरपालिका–४ मा रहेको बराह लाइभष्टक फार्म प्रालि, रामधुनी–८ मा रहेको भरत कार्कीको फार्ममा भएको क्षति, हरिनगर गाउँपालिका–२, ५, ६, ७ नम्बर वडामा बाढीबाट भएको क्षतिका विषयमा निरीक्षण गर्नुका साथै पीडितलाई बाढीबाट भएको असरका विषयमा समेत जानकारी लिएका थिए।

Hardik ivf

त्यसैगरी केही दिन अगाडि सुनसरी प्रहरीको हिरासतमा भोक्राहा नरसिंह गाउँपालिका–५ का हकिम मियाँले आत्महत्या गरेपछि आक्रोशित युवाको समूहले इनरुवा–९ बबियाका विष्णु शर्माको घरमा गरेको आगजनीका विषयमा समेत निरीक्षण गर्नुका साथै शर्माको अवस्थामा विषयमा जानकारी लिएका थिए।

घटनापछि शर्माले घरमा बस्नका लागि समस्या भएको भन्दै घरमा बस्ने वातावरण मिलाइदिनका लागि मन्त्री कार्कीलाई आग्रह गरेका थिए। मन्त्री कार्कीले समेत शर्मालाई पूर्ववत् अवस्थामा काम गर्नका लागि वतावरण मिलाइदिन र शान्तिसुरक्षाको अवस्था सिर्जना गर्नका लागि सुनसरी प्रशासनलाई निर्देशन दिए।

प्रकाशित मिति: १९:५० बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्