Kathmandu Press

लैंङिगक समानता तथा समावेशीकरण सम्बन्धी कार्यशाला आजबाट सुरु 

काठमाडौं, कात्तिक १४ : लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ ।मर्यादा मिडियाको आयोजनामा सातै...
लैंङिगक समानता तथा समावेशीकरण सम्बन्धी कार्यशाला आजबाट सुरु 

काठमाडौं, कात्तिक १४ : लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ ।

मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता रहेको छ ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेसी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिला भित्रको विविधतालाई वकालत सुरु गरेको छ । समारोहमा हिमाल, पहाड, मधेस, नेवारी सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल सुरु भएको आयोजकले बताएको छ ।

वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिए ।

३ दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तर्कृयात्मक प्रशिक्षण दिइनेछ।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्