Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग
Hardik ivf

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै  मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन्। 

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौँ,’ अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीले लामो समयदेखि अफ्ठ्यारो भइरहेको अवस्थामा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे। 

नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने जनाएको छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्