Kathmandu Press

अवैध लागूऔषधसहित एक जना पक्राउ

कैलाली, कात्तिक १४ : लम्कीचुहा नगरपालिका १ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका...
अवैध लागूऔषधसहित एक जना पक्राउ

कैलाली, कात्तिक १४ : लम्कीचुहा नगरपालिका १ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय सुनिल शाही रहेका छन्। 

उनले लागूऔषध बेच बिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी आइतबार बिहान पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्