Kathmandu Press

रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, कात्तिक १४ : रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ का ४२ वर्षीय नर बहादुर...
रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, कात्तिक १४ : रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ का ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्