Kathmandu Press

लागूऔषधसहित ६ जना पक्राउ     

काठमाडौं, कात्तिक १४ : कैलाली र सुर्खेतबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध...
लागूऔषधसहित ६ जना पक्राउ     

काठमाडौं, कात्तिक १४ : कैलाली र सुर्खेतबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका–८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत तीनजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोरसहित तीनजनालाई ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय ८० रूपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त ठाउँमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो। 
 

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्