Kathmandu Press

लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ  

काठमाडौं, कात्तिक १४ : बारा र नवलपरासी (पश्चिम) बाट लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन्।  बाराको धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना५ख ५३७२...
लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ  

काठमाडौं, कात्तिक १४ : बारा र नवलपरासी (पश्चिम) बाट लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन्।  

बाराको धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना५ख ५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। हाल फरार एकजनाको प्रहरीले खोजी गरिरहेको छ ।  

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका–१२ फरौली  बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका–५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्