Kathmandu Press

आफूलाई बारम्बार किन पक्रिएको भन्दै भिटेनले ल्याए नयाँ गीत

आफूलाई बारम्बार किन पक्रिएको भन्दै भिटेनले ल्याए नयाँ गीत

काठमाडौं, कात्तिक १४ : नेपाली र्‍यापर समीर घिसिङ ‘भिटेन’ले नयाँ गीत सार्वजनिक गरेका छन्।

गत शनिबार युट्युबमार्फत भिटेनले ‘गल्ली सडक’ बोलको गीत सार्वजनिक गरेका हुन्। उक्त गीतमा भिटेनकै शब्द र संगीत रहेको छ भने गीतको भिडियोलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन्।

उक्त गीतमा भिटेनले विशेषगरी सरकारले आफूलाई बारम्बार पक्राउ गरेको विषयलाई उठान गरेका छन्। आफू सडक र गल्लीबाट नै हुर्किएको भन्दै भिटेनले ‘यो बिग्रिएको समाज बिगारेर आफूले के पाउँछु र?’ भनेर प्रश्नसमेत गरेका छन्।

यस्तै भिटेनले उक्त गीतमा सरकारी शैलीको विरोधसमेत गरेका छन्। आफूले लागूपदार्थसमेत छाडेको तर प्रहरीले बारम्बार खाेजिरहेकाे भनेर भिटेनले गीतमा असन्तुष्टि व्यक्त गरेका छन् ।

भिटेनले आफूलाई आफ्नै घरमा डर लाग्ने गरेको भन्दै आफ्ना सपना धेरै भएको अभिव्यक्ति गीतमार्फत दिएका छन्। उक्त गीत अहिलेसम्म ४ लाखभन्दा बढी पटक हेरिसकेका छन्।

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्