Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु     

काठमाडौं, कात्तिक १४ : देशका विभिन्न भूभागमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित सडकमा रा।२ प ४६५९ नम्बरको मोटरसाइकल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाको मृत्यु     

काठमाडौं, कात्तिक १४ : देशका विभिन्न भूभागमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित सडकमा रा।२ प ४६५९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान गहुमुखी गाउँपालिका-९ बस्ने २५ वर्षीय कृष्ण केसीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ। 

Hardik ivf

नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित सडकमा गण्डकी प्रदेश ४–००१ प २७४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय नेत्र बहादुर मिथुन मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो।     

झापाको अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित सडकमा प्रदेश १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा खसेर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ बस्ने १८ वर्षीय कुसल दासको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।  

रौतहटको चन्द्रपुर नगरपालिका-३ प्रणामी टोलस्थित सडकमा ना४त ३९३५ नम्बरको ट्याक्टरका चालक चन्द्रपुर नगरपालिका–३ पुरानो टोल बस्ने ३५ वर्षीय रतन बहादुर मोक्तानको सोही ट्याक्टरबाट लडेर चक्काले किच्दा शनिबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाईते भएका उनको एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनस्थित सडकमा लु५२प ६२४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय रुद्र प्रसाद पौडेलको शनिबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको  सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–३ वडा कार्यालय नजिक सडकमा म२प ७६३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको निर्सग अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका दुईजनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० सौडीकुलास्थित सडकमा रा४प ७८५५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बर्गदी बस्ने ४३ वर्षीय खिशिराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

मोरङको सुन्दरहरैचा नगरपालिका(४ दुलारीस्थित सडकमा बिआर ५० जिए ०३०६ नम्बरको भारतीय लहरीले को३६ प २१७२ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका–४ बस्ने ४५ वर्षीय श्याम लिङ्खाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको इटहरी सामुदायिक अस्पताल हुँदै थप उपचारका लागि धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। लरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्