Kathmandu Press

निशा कँडेलको ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक

काठमाडौं, कात्तिक १४ : गायिका निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।  रोमान्टिक भर्सनको  यस गीतमा  रमेश दहालको शब्द...
निशा कँडेलको ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक
Hardik ivf

काठमाडौं, कात्तिक १४ : गायिका निशा कँडेलले ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।  

रोमान्टिक भर्सनको  यस गीतमा  रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द्ध गरेका हुन्।  गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्