Kathmandu Press

खोटाङमा कोरोना संक्रमितको संख्या शून्य

खोटाङ, कात्तिक १४ : दस स्थानीय तह रहेको जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना संक्रमण...
खोटाङमा कोरोना संक्रमितको संख्या शून्य

खोटाङ, कात्तिक १४ : दस स्थानीय तह रहेको जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना संक्रमण देखिएका सबै संक्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला भएको हो।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष संक्रमित निको भएसँगै संक्रमितको संख्या शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएसँगै दसवटै स्थानीय तहमा निर्माण गरिएको २३४ शय्याको संस्थागत आइसोलेसन खाली बनेको छ।

Hardik ivf

जिल्लामा कोरोना सङ्क्रमित नभएपछि स्थानीय तहहरुमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

यसअघि जिल्लामा कोरोना संक्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको थियो। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिर खुला भएसँगै अहिले भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

यहाँ ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन्। विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसंख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी दसवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्