नदी र नहरमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं, कात्तिक १४ : कैलाली र रौतहटमा डुबेर दुईजनाको मृत्यु भएको छ।कैलालीको भजनी नगरपालिका–३ स्थित काँडा नदीमा नुहाउने क्रममा डुबेर सोही नगरपालिका ढुसी बस्ने...
काठमाडौं, कात्तिक १४ : कैलाली र रौतहटमा डुबेर दुईजनाको मृत्यु भएको छ।
कैलालीको भजनी नगरपालिका–३ स्थित काँडा नदीमा नुहाउने क्रममा डुबेर सोही नगरपालिका ढुसी बस्ने नरेन्द्र निसादको १३ वर्षीय छोरा धन्नजय निसाद र लायक राम चौधरीको छोरा १० वर्षीय अरबिन्द्र चौधरीको शनिबार साँझ मृत्यु भएको छ।
रौतहटको गरुडा नगरपालिका–१ जयनगर बस्ने वाजुल देवानकी ८ महिनाकी छोरीको नहरमा डुबेर शनिबार साँझ मृत्यु भएको छ। आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा नजिकै रहेको नहरमा खसेर डुब्दा अशक्त भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रकाशित मिति: १४:५९ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












