Kathmandu Press

कञ्चनपुर र सर्लाहीबाट पटाका बरामद  

काठमाडौं, कात्तिक १४ : कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका–११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा...
कञ्चनपुर र सर्लाहीबाट पटाका बरामद  

काठमाडौं, कात्तिक १४ : कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका–११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।

भारतबाट लुकाई ल्याउँदै गरेको उक्त पटाका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो। 

सर्लाहीको बलरा नगरपालिका–१ स्थित सीमा क्षेत्रबाट ४० हजार रूपैयाँ मूल्य बराबरका फुलझरी, नागिन, आलु बम लगायतका पटाका शनिबार साँझ प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी छन्किटोलाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ बोकी ल्याउँदै गरेका व्यक्तिहरूले उक्त पटाका छाडी फरार भएपश्चात  प्रहरीले बरामद गरेको हो। 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्