Kathmandu Press

चार वर्षीया बालिका बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाडौं, कात्तिक १४ : चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन...
चार वर्षीया बालिका बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाडौं, कात्तिक १४ : चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मादक पदार्थ सेवन गरेर उनले ती बालिकालाई बलात्कार गरेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्