प्रधानमन्त्री निवास बाहिर प्रदर्शन (फोटो फिचर)
काठमाडौं, साउन २८ : संवैधानिक व्यवस्थाविरुद्ध लोकसेवा आयोगले खोलेको विज्ञापनको विरोधमा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरिएको छ।
संघीयताक....
काठमाडौं, साउन २८ : संवैधानिक व्यवस्थाविरुद्ध लोकसेवा आयोगले खोलेको विज्ञापनको विरोधमा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरिएको छ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै आरक्षण बचाउ अभियानले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, आरक्षण बचाउ अभियानले लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो।
प्रदर्शनका केही दृश्य :