Kathmandu Press

इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध सडक नाटक

काठमाडौं, कात्तिक १२ : इजलास बहिष्कार गर्ने न्यायाधीशहरूकाे अहिले चौतर्फी रूपमा विरोध भइरहेको छ। यसैक्रममा केही कलाकारहरुले इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध सडक नाटक प्रदर्शन गरेका...
इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध सडक नाटक

काठमाडौं, कात्तिक १२ : इजलास बहिष्कार गर्ने न्यायाधीशहरूकाे अहिले चौतर्फी रूपमा विरोध भइरहेको छ। यसैक्रममा केही कलाकारहरुले इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध सडक नाटक प्रदर्शन गरेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। 

Hardik ivf

न्यायपालिकामा भइरहेको गुटबन्दीको अन्त्य गर्नुपर्ने र इजलास बहिष्कार गर्नु सही नभएको सन्देश प्रवाह गर्न कलाकारहरू सडक नाटक उत्रिएका जनाइएको छ। नाटक मञ्चनका क्रममा उनीहरूले विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरे। 

‘मुद्दा सुनुवाइ गर्न छाडेर इजलास बन्द गर्ने कस्तो नैतिकता? स्वतन्त्रता?’, ‘न्यायमूर्तिका रूपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो?’ जस्ता प्रश्नात्मक नामर लेखिएका प्लेकार्ड नाटकमा प्रदर्शन गरिए।

त्यस्तै  ‘न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर’, ‘सबै खाले गुटबन्दीको अन्त्य गर’, ‘हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन’, ‘न्यायाधीशज्यूहरुबाट गरिएको हडतालले न्यायमूर्तिको शोभा दिएन’, ‘इजलासमा बसेर न्याय देऊ, होइन भने राजीनामा देऊ’, ‘हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा’ लगायत नारा लेखिएको प्लेकार्ड पनि प्रस्तुत गरिए।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्