Kathmandu Press

‘जब तिमी’मा आकाश श्रेष्ठ र पूजा शर्माको अन्स्क्रिन प्रेम

काठमाडौं, कात्तिक १४ : गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब  तिमी’ सार्वजनिक भएको छ।उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी...
‘जब तिमी’मा आकाश श्रेष्ठ र पूजा शर्माको अन्स्क्रिन प्रेम

काठमाडौं, कात्तिक १४ : गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब  तिमी’ सार्वजनिक भएको छ।

उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्।

हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत  र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुसी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ। सौरभ लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।

किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।  

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्