सन्दीपलाई अमेरिकी दूतावासले ‘रिभ्यू’का लागि बोलायो
काठमाडौं, साउन २८ : आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई ‘रिभ्यू’का लागि बोलाएको छ।
....
काठमाडौं, साउन २८ : आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई ‘रिभ्यू’का लागि बोलाएको छ।
उनलाई भिसाको ‘रिभ्यू’का लागि बोलाएको जनाएको छ। अमेरिकी दूतावासले बोलाएपछि उनी फेरि काठमाडौंस्थित दूतावास पुगेका छन्।
यस अघि आज बिहान दूतावास पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो। अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको भन्दै सन्दीपले ट्वीट गरेका थिए।
उनी सीपीएल टी–२० प्रतियोगितामा अनुबन्धित भएका छन्। यस वर्ष पनि सीपीएल अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। त्यसका लागि उनले अमेरिकी भिसा माग गरेका थिए।
गत वर्ष पनि उनले सीपीएल खेलेका थिए। गत वर्ष सेन्ट किट्स एन्ड न्याभिस प्याट्रोइटबाट खेलेका उनी यस वर्ष बार्बाडस ट्रिडेन्टसमा खेल्ने छन्।
सीपीएल सेप्टेम्बर ४ देखि सुरू हुँदैछ।
याे पनि पढ्नुस् : अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार











