Kathmandu Press

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली, कात्तिक १४ : कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका छोरा १३ वर्षीय धनन्जय निसाद...
नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली, कात्तिक १४ : कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका छोरा १३ वर्षीय धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका छोरा १० वर्षीय अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ। (रासस)

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्