Kathmandu Press

बूढानीलकण्ठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट

बूढानीलकण्ठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट

काठमाडौं, कात्तिक १३ : बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। 

स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद एक लाख ५० हजार रपैयाँसहित १५ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ।

Hardik ivf

यसैबीच काठमाडौँको टोखा नगरपालिका–३ रमाइलो डाँडा बस्ने कुमार शाहको घरबाट एक थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब चार लाख ८१ हजार बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

यता काठमाडौँ महानगरपालिका–१३ टङ्केश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ का ४२ वर्षीय रामप्रसाद श्रीवास्तवको कोठाबाट करिब तीन लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी भएको प्रहरीले आज सूचनामार्फत जानकारी दिएको छ।

प्रकाशित मिति: १८:३६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्