करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं, कात्तिक १३ : मोरङको उर्लाबरी नगरपालिका ९ मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। स्थानीय २६ वर्षीय अर्जुन राना मगरको करेन्ट...
काठमाडौं, कात्तिक १३ : मोरङको उर्लाबरी नगरपालिका ९ मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। स्थानीय २६ वर्षीय अर्जुन राना मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो। मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
डोटी, शिखर नगरपालिका९ घर भएकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। सोही नगरपालिका ११ मल्लिसात डोरी खोलास्थित माईती घरमा आएको अवस्थामा उनले मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको शैल्यश्वरी अस्पताल पिपल्ला डोटीमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:३२ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












