छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं, कात्तिक १३ : पोखरा महानगरपालिका २७ धर्मकाटास्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ग.१ त ३८१२ नम्बरको पावर टेलरलाई ग.१...
काठमाडौं, कात्तिक १३ : पोखरा महानगरपालिका २७ धर्मकाटास्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ग.१ त ३८१२ नम्बरको पावर टेलरलाई ग.१ क ४९६५ नम्बरको ट्रकले शुक्रबार साँझ ठक्कर दिँदा पावर टेलर चालक ३६ वर्षीय पुष्पराज अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर महानगरपालिका५ कल्याणपुर चोकमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ग.३ च ४०३८ नम्बरको बोलेरोले ना.६० प ९९०७ नम्बरको स्कटुरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानरगपालिका ५ की ४६ वर्षीया सुलोचना ढकालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ केवलपुरस्थित सडकमा लु.३ त ४२६० नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिएर दुर्घटना भएको छ। शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का राजेश यादवको छोरा १२ वर्षीय अर्बिन यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












