Kathmandu Press

अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ 

बाँके, कात्तिक १३ : नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ...
अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ 

बाँके, कात्तिक १३ : नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका १ का २२ वर्षीय प्रकाश बिक र २६ वर्षीय समिर बिक रहेका छन्। 

Hardik ivf

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको अबस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्