चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ
बाँके, कात्तिक १३ : कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसबाट प्रहरीले चितुवाको छाला र १ किलो ४० ग्राम हड्डीसहित ३ जनालाई पक्राउ...
बाँके, कात्तिक १३ : कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसबाट प्रहरीले चितुवाको छाला र १ किलो ४० ग्राम हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ प्रहरीले होटलको कोठा नम्बर २०५ बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका ९ ढकेरीका ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका ७ का २४ वर्षीय रमेश वयक र सोही ठाउँका २८ वर्षीय बसन्त बिसी रहेका छन्।
चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरुलाई उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मिति: १७:४४ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












