Kathmandu Press

अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

काठमाडौं, साउन २८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको छ।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीए....

अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

काठमाडौं, साउन २८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको छ।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा छनोट भएका छन्। सीपीएल खेल्न अमेरिका जानका लागि भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूताबास पुगेका थिए।

आज  बिहान काठमाडौंस्थित अमेरिकी दूतावास पुगेका सन्दीपलाई कन्सुलरले भिषाा दिन अस्वीकार गरेको हो।  सन्दीपले ट्वीट गर्दै अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेकोमा आफु आश्चयचकित भएकाे बताएका छन्।

 उनले ट्वीट गर्दै अब सीपीएल खेल्न अप्ठ्यारो भएको बताएका छन्।

सीपीएल अमेरिकामा आयोजना हुँदैछ। उनी यस अघि पनि सीपीएलमा सहभागी भएका थिए।

गत वर्ष पनि सीपीएल अमेरिका र वेस्ट इन्डिजमा भएको थियो। त्यसमा सन्दीपले सेन्ट किट्स एन्ड न्याभिस प्याट्रोइटबाट खेलेका थिए।

यस वर्षको सीपीएलमा उनी बार्बाडस ट्रिडेन्टसमा अनुबन्धित भएका छन्। यस वर्ष सेप्टेम्बर ४ देखि प्रतियोगिता सुरू हुनेछ।

सन्दीप लामिछानेकाे ट्वीट :

 

 

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, साउन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्