Kathmandu Press

‘बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध’

काठमाडौं, कात्तिक १३ : अधिवक्ता स्वागत नेपालले बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध भएको बताएका छन्।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...
‘बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध’

काठमाडौं, कात्तिक १३ : अधिवक्ता स्वागत नेपालले बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध भएको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिलेको अवस्थामा कम्तीमा बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध हो। न्यायालय भनेको सरकारको पनि अभिभावक हो, आम नागरिकको त हुँदै हो। न्यायाधीशहरुले जनताबाट उठेका करबाट तलब भक्ता खाएका छन्। बन्द प्रत्यक्षीकरणको समेत मुद्दा नहेरी कुनै पनि देशका न्यायाधीशहरुले तलब भक्त नलिएको हामीलाई थाहा छैन। बन्दीहरुको र थुनुवाको मुद्दा नहेर्ने यो गलत भयो।’

Hardik ivf

उनले आफूहरुले आइतबारदेखि नै सर्वोच्च बार र बार परिसरभित्र बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेहरुको विरुद्धमा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने बताए। उनले भने, ‘त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरुको लागि कार्तिक १५ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौं, कार्तिक १६ गते न्यायाधीशहरुविरुद्ध अपहेलनाको मुद्दा अघि बढाउँछौं। त्यस्तै, १८ गते सार्वजनिक रुपमा सडक आन्दोलन गर्ने घोषणा गरेका छौं।’

नेपालले नेपाल बार एसोसिएसनले अघि सारेको आन्दोलनमाथि पनि प्रश्न उठाएका छन्। उनले नेपाल बार एसोसिएसन हुँदाहुँदै बार–बेन्च समन्वय समिति गठन गरिएको भन्दै त्यसलाई सेटिङ समितिको संज्ञा दिए। 

 ‘स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका तर्फबाट हामीले आजभन्दा तीन वर्ष अगाडि न्यायालयभित्रको आमूल सुधारका लागि दीर्घकालिन प्रस्ताव अघि सारेका थियौं। संसद सचिवालयमा २०७७ साउन १७ गते नै यो प्रस्ताव दर्ता गराएका थियौं,’ उनले भने, ‘सबै दलका संसदीय दलका कार्यालयमा पनि ध्यानाकार्षण गराएका थियौं।’

उनले थपे, ‘हामी स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका तर्फबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका छौं। हामीले न्यायापालिकाभित्रको विकृति, विसंगति छ भन्दै यी विकृति र विसंगतिको विरुद्धमा आवाज उठाउँदै आएका छौं।’

उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रा।ली। को रुपमा अघि बढाउन खोजिएको टिप्पणी गरे।

उनले भने,‘नेपाल बार एशोसिएशनको आन्दोलन कथित हो । बन्दीको मुद्दा हेर्न हुँदैन भन्नेहरुको आन्दोलन हो। किनकी उनीहरुलाई सेटिङ र पार्टीबाट आउने पैसाले बुकेको छ। बार एशोसिएशनभित्रै बेन्च–बार समन्वय समिति छ, गोप्य रुपमा यो समिति किन राखियो रु रुद्र पोखरेलले पनि यसमा अस्ति ऋषिजीको प्राइम टिभीको कार्यक्रममा कुरा उठाउनुभएको छ, बेन्च–बार समन्वय समिति छ, यो सेटिङ समिति हो। बारको आन्दोलनको कुनै औचित्य छैन।’

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्