अविरल तामाङको लानी ‘धिनी’ बजारमा
काठमाडौं, कात्तिक १३ : तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अविरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी‘ बजारमा आएको छ। युट्युब च्यानल मिनशेङस प्रोडक्सनबाट तामाङको...काठमाडौं, कात्तिक १३ : तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अविरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी‘ बजारमा आएको छ।
युट्युब च्यानल मिनशेङस प्रोडक्सनबाट तामाङको गीत सार्वजनिक गरिएको हो। अष्टे«लियामा रहेर समाजसेवामा सक्रिय तामाङ आफ्नो भिडीयोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन्।
गीतमा तामाङको शब्द, जोगलाल लामाको सङ्गीत र पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङतानको आवाज छ। दीपेश प्रधानले मिक्सिङ गरेको उक्त गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सीता लामाको अभिनय छ ।
भिडियो काभ्रे, सिन्धुलीलगायतका रमणीयस्थलमा छायाङ्कन गरिएको हो। सो भिडियो त्रिलोक लामाले छायाङ्कन तथा सूर्य लामाले सम्पादन, निर्देशन, कलर डोन र छायाङ्कन गरेका हुन्।
प्रकाशित मिति: १५:०३ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












