Kathmandu Press

सयपत्री, मखमली माया (फोटो फिचर)

यतिबेला करेसा बारीमा सयपत्री र मखमली ढकमक्क फुलेका छन् । किनकि, उज्यालो र फूलको पर्व दीपावली केही दिन मात्र टाढा छ ।
सयपत्री, मखमली माया (फोटो फिचर)

काठमाडौं, कात्तिक १३ : यतिबेला करेसा बारीमा सयपत्री र मखमली ढकमक्क फुलेका छन् । किनकि, उज्यालो र फूलको पर्व दीपावली केही दिन मात्र टाढा छ ।

आजको ठ्याक्कै सातादिनमा दाजुभाइहरू सयपत्री र मखमलीको माला पहिरिएर निस्किने छन्, बजार र चोक–चोकमा । र, ‘भाइटीका’मा अमरत्वको आशिर्वादसहित दिदीबहिनीले गर्नेछन् दाजुभाइको लामो आयुको कामना ।

नेपालको प्रसिद्ध फूल हो सयपत्री, जसलाई अंग्रेजीमा ‘मेरी गोल्ड’ भनिन्छ । सयपत्रीझैँ विविध भाषाभाषी र संस्कृतिको संगमस्थल हो, नेपाल । त्यही भाषिक विविधताबीच नेपालकै कतिपय ठाउँमा सयपत्रीलाई ‘हजारी फूल’ पनि भनिन्छ । यो फूलको प्रयोग सृष्टिकालदेखि नै हुन थालेको धार्मिक विश्वास पाइन्छ । त्यसैले त हो, हरेक धार्मिक विधि पूरा गर्दा सयपत्रीलाई पवित्र फूलका रूपमा प्रयोग गरिने पनि ।

Hardik ivf

मखमलीको कुरै बेग्लै । कहिल्यै नओइलाइने मखमलीको मालासहित भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्छन् । निधारमा सप्तरंगी टीका र गलामा सयपत्री अनि मखमलीका माला पहिरिएका दाजुभाइ भाइटीकाका दिन साँच्चै मखलेल देखिन्छन् । सयपत्री र मखमलीसँगै मालामा गाँसिने सुगन्धित गोदावरीले उनीहरूलाई त्यस दिन बास्नादार पनि बनाएको हुन्छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक केलाउँदा हरेक तिहारमा २५ लाखभन्दा बढी मालाको कारोबार हुन्छ, बजारमा । यो व्यवसायीको तथ्यांक मात्र हो । किनकि, गाउँघरमा आफ्नै करेसा बारीमा फुलेका फूलको माला उनेर दाजुभाइलाई पहिराउने आँकडा यसमा समावेश छैन ।

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्