Kathmandu Press

दाङमा जुवा खेलिरहेको अवस्थामा आठजना पक्राउ

दाङ, कात्तिक १३ : दाङमा जुवा खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार पक्राउ गरिएका प्रहरीले सार्वजनिक गरेको हो ।शुक्रवार दिउँसो तुल्सीपुर–६ रजौरा...
दाङमा जुवा खेलिरहेको अवस्थामा आठजना पक्राउ

दाङ, कात्तिक १३ : दाङमा जुवा खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार पक्राउ गरिएका प्रहरीले सार्वजनिक गरेको हो।

शुक्रवार दिउँसो तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

Hardik ivf

पक्राउ पर्नेमा तुल्सीपुर–११ का रोहित न्यौपाने, चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा १२ का मानबहादुर रावत, दीपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेको प्रहरीले जनाएको छ।

जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडालगायत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्