Kathmandu Press

इलाममा बाढी पहिरो पीडितलाई राहत वितरण

मङ्गलबारे, कात्तिक १३ : इलाममा बाढीपहिरो पीडित परिवारलाई रातह वितरण गर्न थालिएको छ। यही कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका...
इलाममा बाढी पहिरो पीडितलाई राहत वितरण

मङ्गलबारे, कात्तिक १३ : इलाममा बाढीपहिरो पीडित परिवारलाई रातह वितरण गर्न थालिएको छ। यही कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारका तर्फवाट राहत वितरण सुरु गरिएको हो।

देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षिया सरिता आचार्यको परिवारलाई रु दुई लाख उपलब्ध गराइएको छ। सो घटनामा उनका श्रीमान् दीपक भने भाग्न सफल भएका थिए। पीडित परिवारको घरमै  पुगेर प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासहितको टोलीले सो रकम हस्तान्तरण गरेको हो।

Hardik ivf

यस्तै देउमाई नगरपालिकाकोतर्फबाट पीडित परिवारलाई रु ५० हजार प्रदान गरिएको छ। जिल्लामा बाढी पहिरोबाट १८ जनाले ज्यान गुमाएका थिए। मृतक सबैको घरमा पुगेर राहत प्रदान गरिने खड्काले जानकारी दिए। बाढी पहिराबाट फाकफोकथुम गाउँपालिकामा ६, माङसेवुङ गाउँपालिकामा चार, सूर्योदय नगरपालिकामा तीन तथा माई नगरपालिका र देउमाई नगरपालिकामा एक एक जनाको ज्यान गएको थियो ।

बाढी पहिरोबाट जिल्लामा २८५ परिवार विस्थापित भएका छन्। यस क्रममा पाँच जना घाइते भएका थिए भने नौ जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढी पहिराका कारण ६४४ घरगोठमा क्षति पुगेको छ। उन्नाइस परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ। जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण सार्वजनिक गरेको छ।

जिल्लामा बाढी पहिराबाट विद्यालयतर्फ रु १४ करोड ६२ लाख, स्वास्थ्य केन्द्रतर्फ रु तीन करोड २३ लाख, घर आवासतर्फ रु ४६ करोड ९६ लाख, पुलपुलेसातर्फ रु १२ करोड, खानेपानीतर्फ रु ११ करोड ३५ लाख, सिंचाईमा रु १९ लाख, नदी कटानतर्फ रु ८० लाख, विद्युत्तर्फ रु ९१ लाख, खेलमैदानतर्फ रु पाँच लाख, कृषिवालीतर्फ रु २३ करोड ९५ लाख, पशुपंक्षितर्फ रु दुई करोड ३० लाख तथा टेलिफोनतर्फ रु चार लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण मेची राजमार्ग क्षेत्रमा मात्र रु आठ करोड ५८ लाख बरावरको क्षति भएको छ।

 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्