हङकङका कलाकार सम्मिलित गोर्खाज ब्यान्डको ‘यो महामारीले...’
काठमाडौं, कात्तिक १३ : द गोर्खाज ब्यान्ड हङकङको प्रस्तुतिमा ‘यो महामारीले’ बोलको गीतको अडियो भर्सन सार्वजनिक भएको छ। यो सन् २०१४ तिर स्थापना भएको...
काठमाडौं, कात्तिक १३ : द गोर्खाज ब्यान्ड हङकङको प्रस्तुतिमा ‘यो महामारीले’ बोलको गीतको अडियो भर्सन सार्वजनिक भएको छ। यो सन् २०१४ तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो।
यो गीतमा कोरोना महामारीको प्रकोपबाट भएको अपूरणीय मानवीय क्षतिको चित्रण गर्न खोजिएको छ। महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीप्रति यो गीत समर्पित छ।
अरुन पाइजा पुनको स्वर र शब्द रहेको यो गीत नेपाली स्वादको रक जनरामा कम्पोज गरिएको छ। महामारीले उजाड बनाएको अहिलेको संसारमा मानिसले अज्ञात भय बोकेर बाँच्नुपरेको अवस्थालाई गीतले औंल्याएको छ।
हङकङका स्थानीय कलाकारको जमघटबाट यो गीत जन्मिएको लिड गिटार वादक रोशन लिम्बूले बताए। ‘हङकङमा हुने प्रायजसो नेपाली सांगीतिक कार्यक्रममा ब्याक अप म्युजिक बजाउन हाम्रो ब्यान्ड जाने गर्छ,’ ब्यान्डका संस्थापक तथा म्यानेजर रोशन थापाले भने।
विभिन्न कन्सर्टमा चाइनिज समुहसंग पनि काम गर्नु पर्ने अवस्था आइरहने कुराको जानकारी दिनेक्रममा यो प्रोजेक्ट चाहिँ यस गीतका एरेन्जर काज बस्नेतमार्फत आएको कुरा थापाले बताए।
हङकङको सेक किप मेइ भन्ने स्थानमा रहेको जेसिसिए स्टुडियोमा रेकर्ड गरिएको यो गीतले कोभिड विरुद्ध लडन जनचेतना जगाउने सन्देश पनि दिएको छ।
सेन्टर फर कम्युनिटी कल्चरल डेभलपमेन्ट भन्ने सन २००४ सालमा स्थापित हङकङको एक सामाजिक संस्थाले आयोजना गरेको अनलाइन कम्युनिटी म्युजिक फेस्टिभलमा नेपाली समुदाय पनि महामारी कोभिड–१९ को निराकरण अभियानमा सचेत छ्न भन्ने संदेश दिन यो गीत प्रायोजक बनाएको हो।
हङकङ जोक्की क्लबको प्रायोजनमा सेन्टर फर कम्युनिटी कल्चरल डेभलपमेन्टका सह संस्थापक तथा कार्यकारी प्रमुख मक अगस्टाइनले गरेको अनलाइन कम्युनिटी म्युजिक फेस्टिभलअन्तर्गत रहेको चारवटा वर्कसपका लागि फेसिलिटेटरको काम गरिसकेको काज बस्नेतले अनुभव सुनाए।
गीतमा वाद्यवादक बेस गिटारमा रोशन थापा , लिड गिटारमा रोशन लिम्बू, सारंगीमा साम तमू, बासुरीमा कुल गुरुङ, ड्रममा पेट्रिक मगर छ्न्। यस गीतको भिडियो सम्पादन मजाको राईले गरेका हुन्। अरुन पाइजा पुन भन्ने युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको छ।












