Kathmandu Press

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन

बझाङ, कात्तिक १३ : सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेका छन्।

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन्।

Hardik ivf

सभामुख थापाले जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको सदरमुकाम चैनपुरस्थित डुङ्ग्री बजार र कुइया पानीलगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरा पीडितको अवस्था बुझ्नुका साथै डुङ्गी खोलाले क्षति गरेको खेतीयोग्य जमिन, घर, पुल र लघु जलद्यिुत्को स्थलगत अवलोकन गरेका छन्।

सभामुख थापालाई बाढीपहिरापीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरमध्ये कतिपय पूर्णरुपमा र कतिपय आंशिक क्षति भएको बताए । बाढीपहिराको जोखिममा रहेकाले सो बस्ती सार्नुपर्ने र पुनर्वासको व्यवस्था गरिदिन स्थानीयवासीले सभामुख थापासँग आग्रह गरे।

बाढीपहिरा पीडितको गुनासो सुनेपछि सभामुख थापाले तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारमार्फत राहत प्याकेजका कार्यक्रम आगाडि बढाउने बताउँदै बाढीपहिरा पीडितका लागि दीर्घकालीन योजना बनाउनुपर्ने र कतिपय मानिसको उठीबाससमेत भएकाले त्यस्ता घरपरिवारको विकल्प खोज्नतर्फ आफू लाग्ने उल्लेख गरे ।

सो टोलीमा जिल्ला समन्वय समितिका प्रमुख खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्का, पत्रकार र सुरक्षाकर्मी रहेका थिए।

 

प्रकाशित मिति: १३:०० बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्