कैलालीमा चक्कु प्रहारबाट एकको मृत्यु
कैलाली, कात्तिक १३ : कैलालीमा चक्कु प्रहारबाट शुक्रबार राति एकजनाको मृत्युको भएको छ।मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ कालीमाटीका १८ वर्षीय अनुप साउद रहेको प्रहरीले...
कैलाली, कात्तिक १३ : कैलालीमा चक्कु प्रहारबाट शुक्रबार राति एकजनाको मृत्युको भएको छ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ कालीमाटीका १८ वर्षीय अनुप साउद रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरेपछि अनुप घाइते भएका थिए।
टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।
अनुप र किरणबीच झगडा भएको र चक्कु प्रहारको घटना भएको प्रहरीको भनाइ छ।
किरणलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४९ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












