Kathmandu Press

जेलबाट छुटे शाहरूख खानका छोरा आर्यन

जेलबाट छुटे शाहरूख खानका छोरा आर्यन

काठमाडौं, कात्तिक १३ : बलिउड अभिनेता शाहरुख खानका छोरो आर्यान खान रिहा भएका छन् ।

लागुऔषध मुद्दामा हिरासतमा रहेको आर्यन खान २७ दिनपछि आज रिहा भएका भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अघि बिहान ११ बजे आर्थर रोड जेलबाट बाहिरिन पाएका हुन्। उनलाई लिन बुबा शाहरुख खान आफैं त्यहाँ पुगेका थिए।

अदालतले बिहीबार साँझ नै धरौटीमा रिहाको आदेश दिएको थियो। त्यसअनुसार आर्यन शुक्रबार रिहा हुने भनिए पनि प्रक्रिया पूरा गर्न समय लाग्दा आज बिहान रिहा भएका हुन्। ​

गत असोज १७ गते मुम्बईको एनार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: १२:१० बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्