Kathmandu Press

हिमानी कानको गीत ‘जेनेरेसन’ सार्वजनिक

काठमाडौं, कात्तिक १३ : आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतमा अस्ट्रेलियाको...
हिमानी कानको गीत ‘जेनेरेसन’ सार्वजनिक
Hardik ivf

काठमाडौं, कात्तिक १३ : आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन  निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने  विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठ को अभिनय रहेको छ।  

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई  ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: ११:१७ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्