Kathmandu Press

बूढीगंगामा ज्वरोका बिरामी बढे

मार्तडी, कात्तिक १३ : जिल्लाको बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न...
बूढीगंगामा ज्वरोका बिरामी बढे

मार्तडी, कात्तिक १३ : जिल्लाको बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा १० देखि १५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरिएको छ ।

Hardik ivf

मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताइन्। अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुनेलगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ। भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतजना जगाउँदै आएको अहेव थापा बताउँछिन्।

औषधि अभाव छैन

बूढीगंगा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढेका भए पनि औषधिको अभाव भने नभएको स्वास्थ्य शाखाले जनाएको छ। दैनिकरुपमा भाइरल ज्वरोलगायतका बिरामीको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको भए पनि उनीहरुको उपचार र सेवन गर्ने औषधि पर्याप्त मात्रामा रहेको बूढीगङ्गा स्वास्थ्य शाखाका सहसंयोजक हस्तबहादुर खडायतले बताएका छन्।

बिरामी बढी आउने गरेको खबरपछि स्वास्थ्य शाखाले आवश्यक औषधि पठाएको सहसंयोजक खडायतले बताए। चिसो मौसम बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, दमका बिरामी आउने गरेको त्रिवेणी नगरपालिका–९ मा रहेको पैमा आधारभूत स्वास्थ्यकेन्द्रकी स्वास्थ्यसहायक सीता खत्रीले बताइन्। रासस

 

प्रकाशित मिति: १०:५९ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्