Kathmandu Press

प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे

पाल्पा, कात्तिक १३ : इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ। जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा...
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे

पाल्पा, कात्तिक १३ : इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ। जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ।

यस आर्थिक वर्षको तीन महिनामा एक हजार ३०४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्। साउनमा ४०४, भदौमा ६१८ र असोजमा २८२ जनाले नयाँ नागरिकता बनाएका छन्। त्यस्तै ९८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। साउनमा ३४९,  भदौमा ५५५ र ७९ जनाले प्रतिलिपि लिएको प्रशासन कार्यालयले जनाएको छ। यस आर्थिक वर्षको हालसम्म दु्रत राहदानी सिफारिस ६६, जनजाति प्रमाणित, नाबालक परिचयपत्र सिफारिस १४३ जनाले लिएको पाइएको छ।

Hardik ivf

हाल दैनिक ४० ले नयाँ नागरिकता, दशले दु्रत राहदानी सेवा, जनजाति नाबालक प्रमाणित १५ जनाले लिने गरेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिए। ‘हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन्, सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गर्नुभएको छ,’ उनले भने।

नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ। यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन्।

यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ। शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ। कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन्।

पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गतेबाट कार्यालय स्थापना गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ।

 

प्रकाशित मिति: ०९:४५ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्