Kathmandu Press

कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौं, कात्तिक १२ : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले...
कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौं, कात्तिक १२ : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

Hardik ivf

पहाडी भूभागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आइतबार प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१९ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्