महेन्द्रनगर दिल्ली बस सेवा सुरु
महेन्द्रनगर, कात्तिक १३ : कञ्चनपुरको महेन्द्रनगरबाट भारतको नयाँ दिल्लीका लागि नेपाल भारतमैत्री बस सेवा पुनः सञ्चालन भएको छ।कोरोना भाइरसको महामारीका कारण डेढ वर्षदेखि...
महेन्द्रनगर, कात्तिक १३ : कञ्चनपुरको महेन्द्रनगरबाट भारतको नयाँ दिल्लीका लागि नेपाल भारतमैत्री बस सेवा पुनः सञ्चालन भएको छ।
कोरोना भाइरसको महामारीका कारण डेढ वर्षदेखि महेन्द्रनगर दिल्ली बस सेवा बन्द रहेको थियो। शुक्रबारदेखि पुनः बस सेवा सञ्चालन भएको हो।
भारतको उत्तर प्रदेश परिवहनको बस यात्रु बोकेर महेन्द्रनगर आएको छ। महेन्द्रनगर पुगेको बसलाई महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तसहितका बस व्यवसायीले स्वागत गरेका छन्।
त्यहि बस शुक्रबार साँझ ६० जना यात्रु बोकेर नयाँ दिल्लीतर्फ प्रस्थान गरेको अध्यक्ष पन्तले बताए। बसको परमिट बनाई एक दुई दिनभित्रै महेन्द्रनगरबाट समेत बस नयाँ दिल्लीका लागि सञ्चालन गर्ने तयारी रहेको छ।
प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












